ढकाठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक यही फागुन ८ देखि १० गतेसम्म बस्ने भएको छ। पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले बैठक बोलाउने निर्णय गरेको हो।
बैठकमा संगठनात्मक समीक्षा, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमको विश्लेषण, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा छलफल हुने बताइएको छ।
बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुनेछ।