बुटवल । लुम्बिनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त हुनुभएको छ । केसी नियुक्त भएपछि योजना आयोगले पूर्णता पाएको छ । उपाध्यक्षसहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा. नहकुल केसी र अन्य दुई सदस्य यसअघि नै नियुक्त भइसक्नुभएको थियो ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो । बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निणर्य गरेको छ । समयानुकूल गराउन कार्यविधि संशोधन गरिएको पाण्डेयले बताउनुभयो ।