बुटवल– लिपुलेक, कालापानी लगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा बुटवलमा ‘गो व्याक इण्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन भएको छ ।
बुटवलमा क्रियाशिल गोर्खाली युवा शशक्तिकरण संस्थाको नेतृत्वमा बुटवलमा विरोध प्रर्दशन भएको हो ।
नेपालको एक चिम्टीपनि माटो कसैले छुन नपाउने भन्दै सरकारले कुटनीतिक रुपमा समस्या समाधानकाने पहल गर्नुपर्ने अन्यथा आन्दोलन चर्काउने गोर्खालीका अध्यक्ष भरत पुरीले चेतावनी दिए ।
बुटवल बजारमा निकालिएको र्यालीपछि पुष्पलालm पार्कमा कोणसभा भएको थियो । सभामा बोल्दै सहभागीले भारतलाई यथाशिघ्र आफ्नो गल्ती सुधार्न चेतावनी दिए ।
उनीहरुले भारतीय विस्तारवाद, हेपाहा प्रवृत्ति तथा अतिक्रमणकारी रबैया प्रति विरोध जनाउँदै तत्काल नक्सा सच्याउन सचेत गराएका थिए ।
उनीहरुले गो व्याक इण्डिया, भारतीय सेना नेपाल छोड, खराब छिमेकी चाहिदैन–नेपाली भूमि मिच्न पाईदैन, हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए । यस्तै नेपाल बिद्यार्थी संघले पनि बुटवलमा रांके जुलुस निकालेर बिरोध प्रदर्शन गरेको छ ।