बुटवल । रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले जिल्लाको समग्र विकास र समृद्धिको विषयमा छलफल गर्नुभएको छ ।
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपक बोहोरा र एमाले सांसद बाशुदेव घिमिरेबीच जिल्लाको विकासबारे छलफल भएको हो ।
उहाँहरूले रूपन्देहीको समग्र विकास तथा समृद्धिको विषयलाई लिएर तत्काल प्रधानमन्त्रीसँग भेट गर्ने निष्कर्ष निकालेको बताइएको छ । यस्तै बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विकास कोषसँग सम्बन्धित विषयमा स्थलगत संयुक्त बैठक बसेर अघि बढ्ने समझदारी भएको छ ।
बैठकलाई निरन्तरता दिइने प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले जानकारी दिनुभयो । पौडेल रुपन्देही २, बोहोरा रुपन्देही ३ र घिमिरे रुपन्देही ५ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।