काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको शीर्ष नेताहरूको बैठकमा संसद्को गतिरोध अन्त्यका विषयमा छलफल भएको छ ।
बैठकमा संसद्को गतिरोध अन्त्य भएर बैठक सुचारु हुनुपर्छ भन्ने विषयमा शीर्ष नेताहरुबीच सकारात्मक छलफल भएको नेपाली काँग्रेसमा प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
बैठकमा सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति गठन, संसदीय समितिको सभापति चयन लगायतका विषयमा छलफल भएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।