काठमाडौँ । राष्ट्रिय सभाको बैठक भोलीका लागि सरेको छ । आज ११ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारण भन्दै मङ्गलवार सोही समयसम्मका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरूमा छलफल गर्ने कार्यसूची रहेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सार्वजनिक कार्यक्रममा बोल्नुभएको विषयलाई लिएर उहाँको राजीनामाको माग गर्दै एमालेका सांसदहरुले निरन्तर सदन अवरुद्ध गर्दै आइरहनुभएको छ ।