बुटवल । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकाले नेपालमा राजनीतिक हस्तक्षेप बढाएको बताउनुभएको छ ।
अमेरिकाले रवी लामिछानेको नेतृत्वमा नेपालमा पार्टी गठन गरेर राजनीतिक हस्तक्षेप बढाएको उहाँको दाबी छ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवाद विरुद्व सञ्चालन गरेको मेची – महाकाली अभियानको आज बुटवलमा समापन गर्दै नेतृ पौडेलले नेपालमा विदेशी हस्तक्षेप बढेको उल्लेख गर्नुभयो ।
भारतीय साम्राज्यवादको हस्तक्षेप व्यहोर्दै आएको नेपालले पछिल्लो समय अमेरिकाले विकासको नाममा एमसिसी परियोजना ल्याएर नेपालमा हस्तक्षेप बढाएको उहाँले बताउनुभयो ।
पूर्व सांसद रहेकी राष्ट्रिय जनमोर्चाको प्रवक्तासमेत रहेकी नेतृ पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेशनका नाममा अमेरिकाले नेपालमा आफ्ना सेना भित्राएर सैन्य अखडा बनाउन लागेको बताउनुभयो ।
विदेशी हस्तक्षेप र ठूला दलका नेता भ्रष्ट भएपछि गणतन्त्र धरापमा परेको उहाँको भनाइ छ । संघीयताका कारण देश आर्थिक रुपमा टाट पल्टिएको बताउँदै नेपालको हकमा संघीयता सम्भव नभएकाले प्रदेश खारेज गरी देशलाई अगाडी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संघीयता खारेज गरेर नेपालका लागि प्रजातान्त्रिक विकेन्द्रिकरण सहितको एकात्मक शासन प्रणाली उपयुक्त हुने दावी गरिन् ।
नेकपा मसालका लुम्बिनी प्रवक्ता तिलक जीसीले राजनीतिक र आर्थिक रुपले संकटमा परेको देश, अमेरिकी र भारतीय साम्राज्यवादी हस्तक्षेपले झनै संकटमा परेको बताए ।
उनले गणतन्त्र धरापमा परेको उल्लेख गर्दै गणतान्त्रिक व्यवस्था ठिक भएपनि ठूला दलका नेताहरु भ्रष्ट हुंदा व्यवस्था नै धरापमा परेको बताए ।
अखिल छैठौंका केन्द्रिय अध्यक्ष देवेन्द्र कुंवरले हिजो गणतन्त्र ल्याउन लडेकाहरुबाटै आज गणतान्त्रिक व्यवस्था खतरामा परेको बताए ।
जवजव देश संकटमा पर्छ तयसबेला राष्ट्रिय जनमोर्चाले राष्ट्रिय मुद्वा बनाएर जनताको विचमा जाने गरेको बताउंदै मुलुकको राष्ट्रियता चिन्ता र चासो राष्ट्रिय जनमोर्चाले मात्रै राख्दै आएको विद्यार्थी नेता कुंवरले बताए ।
अदालतले जघन्य अपराध ठहर गरेर जन्मकैदको फैसला गरेको रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिएर सरकारले गणतन्त्रको अपहेलना गरेको बताउंदै उनले भने – देशलाई राजनीतिक र आर्थिक रुपले अस्थिर बनाएर विदेशी साम्राज्यवादी शक्तिहरुले नेपालमा योजनावद्द रुपमा हस्तक्षेप बढाएको बताए ।
राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
गत जेठ १ गते कञ्चनपुरको महेनद्र नगर र बाग्लुङबाट एकै दिन राष्ट्रिय जनमोर्चाले राष्ट्रिय रुपमा सञ्चालन गरेको अमेरिकी साम्राज्यवाद विरुद्वको मेची – महाकाली अभियान सोमबार समापन भएको छ ।
बाग्लुङबाट शुरु भएको अभियानको सोमबार काठकाण्डौमा समापन भएको छ, भने कञ्चनपुरको महेन्द्र नगरबाट शुरु भएको अभियानको समापन सोमबार बुटवलमा समापन गरिएको छ ।