दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिनका लागि पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।
अभियोग लागेपछि पार्टीका सचिव टोपबहाुर रायमाझीलाई लाई निलम्बन गरिएको बताउँदै उहाँले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीले स्पष्ट रुपमा धारणा सार्वजनिक गरेको उल्लेख गर्नुहुँदै दोषीलाई उन्मुक्ति र निर्दोषलाई सजाय हुन नहुने बताउनुभयो ।
महासचिव पोखरेलले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले वर्तमान समस्या समाधान नगर्ने बताउनुभयो । सरकारले अघि सारेको नीति तथा कार्यक्रम न नीति न कार्यक्रम रहेको बताउनुभयो ।
उहाँले नीति तथा कार्यक्रमप्रति सत्तापक्षीय सांसद तथा नेताहरू नै सन्तुष्ट हुन नसकेको बताउनुभयो । पछिल्लो समय व्यापार, व्यवसायलगायत सबै क्षेत्र अस्तव्यस्त रहेको भन्दै यसको समाधानका लागि कुनै बुँदामा बोल्न नसकेको बताउनुभयो ।