दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच नम्बर प्रदेशको राजधानी दाङ नै बन्ने दाबी गरेका छन् । दाङमा पत्रकारसँग कुराकानी गर्दै उनले पाँच नम्बर प्रदेशको राजधानी दाङ हुने प्रष्ट पारे । राजनीतिक परिबर्तनमा दाङले अग्रणी भूमिका निर्बाह गरेकोे स्मरण गर्दै उनले प्रदेश ५ को केन्द्र निर्माणका लागि दाङ नै उपयुक्त भएको बताए ।
उनले भने—‘सबैलाई पायक पर्ने ठाउँमा राजधानी बनाउनुपर्छ भनेर मैले पहिलादेखि नै भन्दै आएको हुँ,-’सबैलाई पायक पर्ने ठाउँ भनेको यही (दाङ) नै हो । हिजाको आन्दोलन, त्याग र बलिदानको हिसावले पनि दाङको योगदान धेरै छ ।’
दाङलाई नै पाँच नम्बर प्रदेशको केन्द्र बनाउने विषयमा आफू र प्रधानमन्त्री केपी ओली सकारात्मक रहेको बताए । दाङ पुग्दा आफुलाइ न्यायो अनुभूति हुने गरेको भन्दै उनले बिकासका लागि दाङले सकारात्मक फड्को मारेको समेत बताए ।
उपनिर्वाचनतिर सरकारको ध्यान गएको भन्दै उनले चुनाब सफल बनाउनुपर्ने बताए । प्रदेश प्रमुखको पदमुक्त र नियुक्ती स्वभाबिक प्रकृया भित्रै पर्ने उनको भनाइ थियो ।