धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पदबाट राजीनामा दिनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो । आज बसेको प्रदेशसभाको बैठकमा रावलले विश्वासको मतका लागि पेस गरेको प्रस्ताव ध्वनीमतले अस्वीकृत भएको थियो ।
यसैबीच आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ ।