काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरूको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।
बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफू र आफ्नो पार्टीलाई दिएको एक÷एक भोटको महत्त्व राख्ने बताउनुभयो बैठकले यद्यपि सरकारलाई दिएको समर्थन भने यथावत् राख्ने बैठकले निर्णय गरेको छ ।
रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री हुनुहुन्छ । रास्वपा सभापति लामिछाने उपप्रधान तथ गृहमन्त्री हनुहुन्थ्यो । तर नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उहाँ पदमुक्त हुनुभएको छ ।
नेपाली नागरिकता लिएपछि लामिछाने उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय दिन तयार नभएपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको हो ।