काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ ।
शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रस्तावक रहनुहुने भएको छ ।
झापाकी मगर समानुपातिक सांसद हुनुहुन्छ । उता प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेका छन् ।
उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ । शुक्रबार उपसभामुखको उम्मेदवारी दिनुपर्नेछ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । शनिबार प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ ।
सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसक्नुभएको छ ।