पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । शुक्रवार विश्वासको मतका लागि संसदमा प्रस्ताव पेश गर्नुभएका अधिकारीलाई ३१ सांसदले विश्वासको मत दिएका हुन ।
अधिकारीको पक्षमा ३१ मत परेको छ भने २७ मत मात्रै विपक्षमा परेको छ । स्वतन्त्र सांसद दिपक मनाङे भनिने राजीव गुरुङ अनुपस्थित हुनुभयो ।
पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारीलाई एमालेका २१, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदले विश्वासको मत दिए । एमालेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले भने सभामुखको आसीनमा रहेका कारण मत हाल्नुभएन । रासस