गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने हुनुभएको छ ।
दिउँसो तीन बजे सुरु हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लाग्नुभएको हो ।
६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक हुन्छ । ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भनुएका अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र १ सांसदको समर्थन छ।
अधिकारी २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त अधिकारीले नियुक्त भएको पाँचौ दिनमा विश्वासको मत लिन लागेका हो ।