बुटवल । नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीले ५८ जना प्रदशे सभा सदस्यको समर्थनमा प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गर्नुभएको छ ।
आज प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय पुगेर बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित उहाँले सरकारमा दाबी प्रस्तुत गर्नुभएको हो ।
गिरीलाई एमालेका २९, माओवादी १०, राप्रपा ४,नागरिक उन्मुक्ति पार्टीका ४, जनता समावादी पार्टीका ३, स्वतन्त्र २, जनमत ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३ गरी ५८ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेपछि एमालेले सत्तारुढ दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको हो ।
दाबी पेश भएपछि प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीम नियुक्त गर्नुहुने छ ।