बुटवल । नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्नुहुने भएको छ । लुम्बिनी प्रदेशमा सरकारको नेतृत्वका लागि सत्ताारुढ गठबन्धन दलको समर्थनमा एमालेले दाबी पेश गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई आजै मुख्मन्त्रीमा नियुक्ति गर्नुहुने छ ।
दाबी पेश गर्न सत्तारुढ दलका नेता तथा प्रदेश सभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । केहीबेरमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित सरकारमा दाबि प्रस्तुत गरिने एमाले प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
गिरी एमालेका २९, माओवादी १०, राप्रपा ४,नागरिक उन्मुक्ति पार्टीका ४, जनता समावादी पार्टीका ३, स्वतन्त्र २, जनमत ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३ गरी ५८ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुहुनेछ ।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेपछि एमालेले सत्तारुढ दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने तयारी गरेको हो ।
यसअघि हिजो ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले दाबी पेश गर्ने तयारी गरेपनि माओवादी केन्द्रले आलोपालो नेतृत्व गर्नुपर्ने अडान राखेपछि अन्तिम समयमा दाबी प्रक्रिया स्थगित गरिएको थियो ।