काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बिहान बसेको बैठकले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
बैठकले शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्कनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय बैठकले निर्णय गरेको छ ।