काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई अनुभूति हुने गरी काम गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिदै संबिधानको पालना गरेर काम गर्न सुझाव दिनुभयो ।
प्रचण्डले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै उहाँले बोली र व्यवहारमा सामञ्जस्य मिलाउन आग्रह गर्नुभयो ।