बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्ने भएको छ । सत्ता साझेदार दलहरु एमाले र माओवादी केन्द्रबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले लिने सहमति भएको छ ।
आज बसेको सत्ताारुढ दलहरुको वैठकमा लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेललाई दिने सहमति भएको एमाले निकट स्रोतले जनाएको छ । एमालेले सरकारको नेतृत्व पाउँदा लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुहुने छ । गिरी संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको छ ।
सत्तारूढ दलहरुबीच आज साँझ बालुवाटारमा भएको छलफलमा अन्य ६ वटा प्रदेशको पनि बाँडफाँट भएको छ । जसमा गण्डकीमा पनि एमालेले सरकार बनाउने छ ।
वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको छ ।