रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाडलाई पछि पार्दै राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता लिनुभएको छ ।
७१ हजार ९सय ९९ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार खाण ४ सय ७३ मतले पछि पर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री बोहराले २७ हजार ६ सय ३१ मतका साथ अगाडि हुनुहुन्छ भने खाणले २७ हजार १ सय ५८ मतले पछ्याइरहनुभएको सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिनुभयो ।
कुल १ लाख ३२ हजार ७९१ मतदाता रहेको यस क्षेत्रमा १४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको थियो ।