काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ।
निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार कार्की ३१ हजार १३६ मतसहित विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का अमृत खड्काले १८ हजार १६३ मत पाउनुभएको छ। कार्की खड्कालाई १२ हजार ९७३ मतले पछि पार्दै विजयी हुनुभएको हो।
ऊर्जामन्त्रीसमेत रहनुभएकी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार पम्फा भुसालले तीन हजार आठ हजार ७६९ मत मात्र पाउनुभएको छ।
पेशाले शल्यचिकित्सक कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बन्नुभएको हो।
ललितपुरकै नख्खुमा उहाँको बाल्लयकाल बितेको थियो। उहाँ किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) हुनुहुन्छ। उहाँसँग नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको अनुभव पनि छ।