बुटवल । रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।
उहाँले नेपालीे काङ्ग्रेसका नेता भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले पराजित गर्नुभएको हो ।
एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले जानकारी दिनुभयो ।
शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।