बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल निर्वाचित हुनुभएको छ ।
उहाँले नेपाली काङ्ग्रेसका उम्मेदवार प्रमोद यादवलाई पाँच हजार दुई सय ९६ मतले पराजित गर्नुभएको हो ।
निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार शुक्लले २८ हजार र उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले २२ हजार सात सय चार मत प्राप्त गर्नुभएको छ ।