बुटवल । फराकिलो मतान्तरका साथ रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेकपा (एमाले) का भूमिश्वर ढकाल विजयी हुनुभएको छ ।
उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीलाई पराजित गर्दै एमाले उम्मेदवार ढकालले दोस्रोपटक प्रदेश सभा सदस्यमा विजयी बन्नुभएको हो ।
ढकालले १९ हजार ७८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम उम्मेदवार पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले जानकारी दिनुभयो ।