काठमाडौँ । ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराई निर्वाचित हुनुभएको छ ।
भट्टराईले २१ हजार ९ सय ४३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार खेल प्रसाद बुढा क्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गर्नु भयो ।