बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी हुनुभएको छ । पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उहाँ विजयी हुनुभएको हो । यद्यपि, आधिकारिक घोषणा हुन बाँकी छ ।
गुप्ताले १२ हजार नौ सय ४१ मत प्राप्त गर्नुभएको छ भने खानले ११ हजार ६ सय ५१ मत ल्याउनुभएको छ । निर्वाचान क्षेत्र ५(१) मा एमालेका नेता तथा पूर्व सांसद भूमिश्वर ढकालले फराकिलो अन्तर बनाउनुभएको छ । रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे कांग्रेसका भरतकुमार शाहभन्दा फराकिलो मत अन्तरले अगाडि हुनुहुन्छ ।