बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा नेपाली काङ्ग्रेसका वसिउद्दिन खाँ निर्वाचित हुनुभएको छ ।
४० हजार नौ सय ६३ मत मध्ये ११ हजार तीन सय ५ मतका साथ खाँ प्रदेश सभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले आठ हजार दुई सय ६५ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले सात हजार ६ सय ६१ मत पाउनुभएको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो । औपचारिक घोषणा भने प्रतिनिधिसभाको मतगणनापछि हुने उहाँको भनाइ छ ।