बुटवल । रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका विष्णुप्रसाद पौडेलले अग्रता कायमै राख्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै पौडेलले अग्रता लिनुभएको हो । २१ हजार सात १९ मत गणना हुँदा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सात हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल ६ हजार आठ सय ६९ मत सहित पौडेललाई पछ्याइरहनुभएको छ ।
सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले पाँच हजार पाँच सय दुई मत प्राप्त गर्नुुभएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिनुभयो ।