बुटवल । रुपन्देहीको प्रदेश सभा सदस्य ४(१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी हुनुभएको छ ।
कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्लले ९ हजार २ सय ५३ मत प्राप्त गर्नुभयो ।
यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिनुभयो । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा पनि लोसपाकै सर्वेन्द्रनाथ शुक्लले अग्रता लिनुभएको छ ।