बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।
१२ हजार तीन सय २६ मतगणना हुँदासम्म स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले चार हजार दुई सय ३५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चारहजार ७२ मत प्राप्त गर्नुभएको छ ।
सत्ता गठबन्धनका केशबबहादुर थापा तीन हजार एक सय ४६ मतका साथ तेस्रो स्थानमा रहनुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।