नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका देवेन्द्रराज कंडेललाई पराजित गर्नुभएको हो ।
कंडेलले यसअघि सोही क्षेत्रबाट ३ पटक सम्म चुनाव जित्नुभएको थियो । प्रधान विजयी भएपनि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । प्रदेशसभामा पनि राप्रपाकै उम्मेदवारले अग्रता लिएका छन् ।