बुटवल । प्युठान निार्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदका एमालेका उम्मेदवार सूर्यबहादुर थापाले अग्रता लिनुभएको छ ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको नौवहिनी गाउँपालिका वडा नम्वर १ देखि वडा नम्वर ६ सम्म मतगणना गर्दा थापा १ हजार ७ सय ३ मतान्तरले अगाडी हुनुहुन्छ ।
थापाले ४ हजार ७ सय ३१ र दुर्गा पौडेलले ३ हजार २८ मत प्राप्त गर्नुभएको छ । नौवहिनी गाउँपालिकाका अब वडा नम्वर ७ र ८ को मतपरिणाम गणना हुन बाँकी छ ।