बुटवल । लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रमा मतगणना भइरहेको छ । गुल्मी २ मा रोकिएको एक केन्द्रमा आज पुनः मतदान भइरहेको छ भने अन्य क्षेत्रमा मतपरीणम आउने क्रम जारी छ ।
पछिल्लो मतपरीणाम अनुसार रुपन्देहीका ५ क्षेत्रमध्ये १ मा एमालेका छविलाल विक र ५ मा वासुदेव घिमिरे अगाडि हुनुहुन्छ । २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, ३ मा राप्रपाका दीपक बोहरा, ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्लाले अग्रता लिनुभएको छ ।
नवलपरासीका दुई क्षेत्रमध्ये १ मा कांग्रेसका विनोद चौधरी र २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिनुभएको छ ।
पाल्पाका दुई क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । १ बाट नारायण आचार्य र २ मा ठाकुर गैरेले अग्रता लिनुभएको हो । गुल्मी २ मा एमालेका गोकर्ण विष्ट अगाडि हुनुहुन्छ । १ मा स्थगित भएको एक केन्द्रमा आज मतदान भएपछि गणना हुनेछ ।
अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायमै राख्नुभएको छ । कपिलवस्तुको १ मा एमालेका बलाराम अधिकारीले अग्रता लिनुभएको छ भने २ मा कांग्रेसका सुरेन्द्र आचार्य र ३ मा अभिषेक शाह अगाडि हुनुहुन्छ ।
दाङका ३ क्षेत्रमध्ये १ मा नेकपा समाजवादीका मेटमणि चौधरी, २ मा माओवादीका रेखा शर्मा, ३ मा कांग्रेसका दीपक गिरीले अग्रता लिनुभएको छ ।
बाँकेको १ मा एमालेका सूर्य ढकाल, २ मा राप्रपाका धवलशमशेर राणा र ३ मा कांग्रेका किशोरसिंह राठोरले अग्रता कायमै राख्नुभएको छ । बर्दिया १ मा नागरिक उन्मुक्तिका ठाकुरसिंह थारु र २ मा स्वतन्त्रका लालबिर चौधरी अगाडि हुनुहुन्छ ।
रुकुमपूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले अग्रता लिनुभएको छ । रोल्पामा माओवादीकै वर्षमान पुन अगाडि रहनुभएको छ । प्युठानमा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिनुभएको छ ।