कठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नं. ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ ।
४६ वर्षीय महामन्त्री थापाले २१ हजार ३०१ मत प्राप्त गर्नु भएको जानकारी निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी दिनु भयो ।
उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गर्नु भएको छ ।
डा. भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ । थापा २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट डाक्टर भट्टराईलाई नै हराएर विजयी हुनुभएको थियो ।