बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको बिषयमा विवाद हुदा मतगणना रोकिएको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो ।
अहिलेसम्म प्रतिनिधि सभा सदस्यका लागि ४ हजार ८ सय ४३ मत गणना भएको छ । जस अनुसार साईकल चुनाव चिन्हले १ हजार ८ सय ८३ मत, रुख चिन्हले १ हजार ३ सय ४० मत, लाउडस्पिकर चिन्हले १ हजार ३३ मत प्राप्त गरेका छन् ।
फरक मतपेटिकामा फरक मत देखिएकाले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने बिषयमा विवाद हुदा मतगणना रोकिएको हो । यस बिषयमा सर्वदलिय बैठक बसेर सहमतिको प्रयास भइरहेको आचार्यले जानकारी दिनुभयो ।