बुटवल ।चितवन क्षेत्र नं २ मा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै छ ।
२२८५ मत गणना हुँदा पोखरेलले ११४४ मत ल्याउनुभएको छ । दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले ७०४ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने लगातार तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २६० मत मात्रै पाउनुभएको छ ।
अहिलेसम्म इच्छाकामना गाउँपालिकाका २ वटा वडाको गणना सकिएको छ। मतगणना जारी छ।