बुटवल । अर्घाखाँचीमा भइरहेको मतगणनाको सुरुवाती अग्रता नेकपा एमालेका टोपबहादुर रायमाझीले लिनुभएको छ । अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसकी पुस्पा भुसाल ७४७ मतसहित पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६४ मत ल्याउनुभएको छ ।