रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । साँझ ६ बजेसम्म ११ सय मतगणना हुँदा स्वतन्त्र पार्टीले अग्रता लिएको हो ।
स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले ३९९ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार विष्णुप्रसाद पौडेलले ३६८ मत प्राप्त गर्नुभएको छ ।
सत्ता गठबन्धनका केशबबहादुर थापाले २९३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा १ सय ३१ मतदान केन्द्रबाट ८१ हजार २०२ मत खसेको छ । यहाँ कुल मतदाता १ लाख २६ हजार ८०७ मतदाता रहेका थिए ।