बुटवल । रुपन्देही क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । देवदह नगरपालिका स्थित शित्तलनगर देवदह आदर्श बहुमुखी क्याम्पसमा केहिबेरअघि देखि मतगणना थालिएको निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिनुभयो ।
यस क्षेत्रमा सत्ता गठबन्धनको समर्थनमा घनश्याम भुसाल र नेकपा (एमाले) का सचिव छलिलाल विश्वकर्मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
यो सँगै जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा एक लाख ३९ हजार ५६० मतदाता छन् ।