रुपन्देही रुपन्देही क्षेत्र नम्बर ३ को मतगणना थालिएको छ । निर्वाचन अधिकृतको कार्यालय भैरहवा नमुना माविमा पौने २ बजेदेखि मतगणना सुरु गरिएको हो ।
सर्बदलीय बैठक सम्पन्न भएपछि केहिबेरअघि देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिनुभयो ।
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठा नेता दिपक बोहोराबीच कडा प्रतिस्पर्धा छ भने प्रदेश सभामा गठबन्धनका सन्तोष पाण्डे, रामचन्द्र ढकाल र जसपाका महेन्द्र यादव र तुल्सी चौधरीबीच प्रतिस्पर्धा छ ।
कुल १ लाख ३२ हजार ७९१ मतदाता रहेको यस क्षेत्रमा १४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको छ ।