रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा मतगणना थालिएको हो ।
सर्बदलीय बैठक लम्बिएपछि बिहान सुरु गर्ने भनिएको मतगणनामा ढिलाइ भएको हो । छलफलपछि सवा १ बजेपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख उदविर नेपालीले जानकारी दिनुभयो ।
यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सत्ता गठबन्धनको समर्थनमा राष्ट्रिय जनमुक्ति पार्टिका केशबबहादुर थापाबीच प्रतिस्पर्धा छ ।
प्रदेश सभामा सत्ता गठबन्धनका बामदेव क्षेत्री एमालेका भोजप्रसाद श्रेष्ठ तथा गठबन्धनका दीर्घबहादुर केसी र एमालेका लिला गिरीबीच प्रतिष्पर्धा छ ।
यस क्षेत्रमा १ सय ३१ मतदान केन्द्रबाट ८१ हजार २०२ मत खसेको छ । यहाँ कुल मतदाता १ लाख २६ हजार ८०७ मतदाता रहेका थिए ।