भैरहवा । प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं ३ का नेकपा एमाले, राप्रपा र जसपाका (३ दलका) उम्मेदवारहरुले भैरहवालाई पर्यटकीय शहरका रुपमा विकास गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
राप्रपाका वरिष्ठ नेता ३ दलका प्रतिनिधी सभा सदस्यका साझा उम्मेदवार दीपक बोहराले भैरहवामा विकासको जग बसालेकाले व्यापारिक र पर्यटकीय शहर बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
“म भैरहवा बासी हुँ यहाँको विकासका लागि मैले हिँजोपनि आफ्नो क्षेत्रबाट भूमिका खेलेँ भोली पनि यो शहरलाई विकास गर्न भूमिका खेल्छु ” बोहोराले भन्नुभयो “यस क्षेत्रका प्रसिद्ध धार्मिक मठ मन्दीर मस्जीद गुम्बा जस्ता स्थानलाई जोडेर धार्मिक पर्यटनका रुपमा विकास गर्ने छु । ”
क्षेत्र नं ३ राप्रपा, एमाले, जसपाको संयुक्त चुनावी सभामा बोहराले भैरहवा बिमानस्थलबाट नेपाल भित्रका बिभिन्न ठाउँको लागि आन्तरिक उडानको ब्यवस्था मिलाउने, नरेनापुर धामलाई डिपिआर अुसार धार्मिक पर्यटनकोरुपमा विकास गर्ने, डन्डा खोलाको किनारलाई ग्रीन बेल्टकारुपमा विकास गरि पर्यटकीय स्थलकारुपमा विकास गर्ने उहाँको भनाइ छ ।
३ दलको प्रतिबद्धतामा समेत पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण भूमिका खेल्ने घोषणा गरिएको छ । राप्रपा, एमाले र जसपाको संयुक्त प्रतिबद्धता पत्रमा भैरहवा डण्डा खोला करिडोर पुरा गरिने,बौद्ध सर्किट बौद्ध पथमा पर्ने क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गरिने,बुटवल १६ सेमलारमा रहेको कपरपट्टी ताललाई डिपिआर अनुसार ब्यवस्थापन गरि बाह्य एवं आन्तरिक पर्यटनको विकास गरिने, बेलहिया सुनौली अन्तर्राष्ट्रिय नाकामा पर्यटकहरुको आवतजावतका कार्यलाई सहजता गरिने उल्लेख गरिएको छ ।
क्षेत्र नं ३ को विकासमा नेकपा एमाले, राप्रपा र जसपाको राप्रपा,एमाले र जसपाबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बोहोरा, क्षेत्र नं ३ क प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादव, ३ ख का प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले प्रतिबद्धता पत्रमा तिनाउ नदीको बिभिन्न भागमा ड्याम बनाई जैविक बिबिधताको संरक्षण, नदीको सौन्दर्यीकरण तथा ताल तलैयाको उपयोग मार्फत पर्यापर्यटनको विकास गरिने, मोतीपुर र मोतीपुर र ओमसतियामा रहेका थारु संग्राहलय तथा धार्मीक र सांस्कृतिक संग्राहालयलाई ब्यवस्थीत गरिने प्रतिबद्धता रहेका छन् ।