पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले निर्वाचित भएपछि जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
पूर्वखोला गाउँपालिका–४ देवीनगरका विभिन्न ठाउँमा घरदैलो कार्यमक्रममा उम्मेदवार आचार्यले जनताको आवश्यकता र मागअनुसार काम गर्ने बताउनुभयो । आफू निर्वाचित भएलगत्तै पहिलो काम हुमिन–देवीनगर–जल्पा–बहादुरपुर सडकखण्ड कालोपत्रे गर्ने अन्य सडकहरूको स्तरोन्नति गर्ने बताउनुभयो ।
एक घर एक धारा कार्यक्रमअन्तर्गत देवीनगर क्षेत्रका सबै घरमा पानीका धारा पु¥याउने, कृषिलाई व्यावसायिकरण गर्ने, युवालाई स्वरोजगार बनाउन उद्यमशील कार्यक्रम सञ्चालन गर्ने एमाले उम्मेदवार आचार्यले बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि विशेष कार्यक्रमका लागि पहल गर्ने उहाँले बताउनुभयो । यस क्षेत्रको विकास गर्ने एमाले पार्टी हो, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अमूल्य मत दिएर सूर्य ध्वजाबाहक चिन्हमा मतदान गरी विजयी गराउने आचार्यले अपिल गर्नुभयो ।
यस्तै नेकपा एमाले पाल्पा क्षेत्र नंं १ प्रदेश २ का प्रदेश सभा उम्मेदवार खेम बहादुर सारुले आफ्नो जित सुनिश्चित रहेकाले मंसिर ४ गते कुरिरहेको बताउनुभएको छ ।
पुर्वखोला गाउँपालिका वडा नं ४ देवीनगरका मतदाता संग भेटघाटको क्रममा उम्मेदवार सारुले एमालेको जित सुनिश्चित भइसकेकोले गाउँका सबै खाले योजना निर्वाचित भएरपछी कार्यान्वयन गर्ने बताउनु भयो ।
१८ वटा वडा रहेको प्रदेशसभा २ मा स्थानीय निर्वाचन २०७९ मा एमालेले १३ वटा र काग्रेसले ५ वटा वडामा विजय हासिल गरेको थियो । प्राप्त मतको आधारमा एमालेले १५ हजार ८ सय ४०, काग्रेसले १२ हजार २ सय ५९, माओवादी केन्द्रले १ हजार १ सय २९ मत पाएका थिए । स्थानीयतहको निर्वाचनमा गठवन्धनको १३ हजार ३ सय ८८ मत देखिन्छ । यो अवस्थामा एमाले २ हजार ४ सय ५२ मतले गएको स्थानीय निर्वाचन अगााडी देखिन्छ । स्थानीय निर्वाचनको परिणाम अनुसार आफ्नो जित सुनिश्चित रहेकोले उम्मेदवार सारुले दावी गर्नुभएको छ ।
क्षेत्र नं. १ प्रदेशसभा १ का उम्मेदवार राजुप्रसाद श्रेष्ठले रामपुरको विभिन्न वडामा पुगेर मतदाता भेटघाट गर्नुभएको छ । उहाँले नेकपा एमाललेले अगाडि सारेको विकासका एजेण्डा बारे जानकारी गराउदै समग्र रामपुरको विकासमा आफु लामो समय देखि क्रियाशील रहेको बताउनुभयो । उम्मेदवार श्रेष्ठले यस क्षेत्रमा कृषिको आधुनिकीकरण,बजार व्यवस्थापनका साथै युवा स्वरोजगारका क्षेत्रका काम गर्ने बताउनुभयो । उहाँले धार्मिक पर्यटनको विकासका लागि गूरु योजना बनार अगाडि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।