बुटवल । नेकपा माओवादी केन्द्रका नेता तथा रुपन्देही निर्वाचन क्षेत्र न. ५ (१) का गठबन्धनका उम्मेदवार विनोद पहाडीले विपन्न, सुकम्बासी र उत्पीडित समुदायको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
निर्वाचन क्षेत्र न. ५ को १ अन्र्तगतका विभिन्न क्षेत्रमा चुनावी भेटघाटका क्रममा उम्मेदवार पहाडीले नागरिकले भोगेका दैनिक अप्ठ्याराहरुलाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कञ्चन गाउँपालिका वडा न. १ लौसामा जागरण सृजनशिल आमा समूह र कञ्चन जागरण दलित सञ्जालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पहाडीले निर्वाचन क्षेत्रमा रहेका विपन्न, दलित तथा महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउने कार्यक्रम लागू गर्ने बताउनुभयो ।
निर्वाचन क्षेत्रलाई खरको छानामुक्त, महिला तथा विपन्न समुदायका लागि घुम्ती स्वास्थ्य सेवा समेत सञ्चालन गर्ने पहाडीले घोषणा गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका पहाडीले अहिलेको गठबन्धन विपन्न र सिमान्तकृत नागरिकको अधिकार संरक्षणका लागि बनेको बताउनुभयो ।