नेकपा एकिकृत समाजवादीले पनि चुनावी प्रचार अभियानलाई तिव्र पारेको छ । रुपन्देहीमा प्रत्यक्षतर्फ उम्मेद्वार नभएपनि गठबन्धनका साझा उम्मेद्वारसँगै चुनावी प्रचार अभियानलाई तिव्र पारेको हो ।
संविधान, गणतन्त्र, संघीयता र समावेशिता रक्षाका लागि गठबन्धनका उम्मेद्वार जिताउने अपिल सहित समानुपाकितमा कलम चुनाव चिन्हमा मतदानको आह्वान गर्दै चुनावी प्रचारलाई जारी राखिएको नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विश्वकर्माले बताउनुभयो ।
उनले आफुहरुको पक्षमा जनलहर बढ्दै गएको बताउँदै सामाुनपातिकमा पार्टीलाई भोट हाल्न अपिल गर्नुभयो । मंसिर ४ गतेका लागि गठबन्धनमा आबद्ध दल नेकपा एकिकृत समाजवादीले रुपन्देहीबाट समानुपातिक तर्फ प्रतिनिधिसभामा १ सहित प्रदेशसभामा ६ जना उम्मेद्वार बनाएको छ ।
प्रतिनिधिसभातर्फ कल्पना माण्डब्य, प्रदेशसभा तर्फ युवा नेतृ सरिता श्रीस, हिराध्वज शाह, भगवती घिमिरे, उमा काफ्ले, रामधारी यादव र सुमित्रा यादव उम्मेद्वार छन । प्रदेशसभा सदस्य तर्फ पहिलो नम्बरमा सिफारिश सरिता श्रीसले चुनावी अभियान ५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सञ्चालन गरिएको बताउनुभयो ।