बुटवल । लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशबबहादुर थापाले उखान टुक्काले देश समृद्ध हुन नसक्ने औल्याउनुभएको छ ।
मंगलबार विहान बुटवल वडा नं १० का मतदाताहरुसँग भेट्घाट्पछि बोल्ने क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै थापाले साढे तीन वर्ष प्रधानमन्त्री कार्यकालमा उखान र टुक्का सुनाउँदै हिँडेको बताउँदै यो तरिकाले देशमा समृद्धि नआउने बताउनुभयो ।
देशको उन्नतिका लागि निर्यात महत्वपूर्ण हुने भएकाले उत्पादनमा प्रोत्साहान दिनुपर्ने र यसका लागि उद्योग कलकारखाना र कृषिमा जोड दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।
देशको विकास र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउँदै थापाले समृद्धिका लागि युवालाई विदेश जानबाट रोक्नुपर्ने बताउनुभयो ।
क्षेत्र नं २ (१) का प्रदेश सभा उम्मेद्वार दीर्घबहादुर केसी कुमारले खेलकुद्को विकासका लागि आफुलाई जिताउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
आफुलाई मत दिएर विजयी गराउन अपिल गर्दै यस क्षेत्रको स्थानियको शिर उँचो पार्ने गरि काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो । भौतिक पूर्वाधारसंगै शिक्षा र स्वास्थमा जनताको पहँुचका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।