भैरहवा । स्थानीय तहको निर्वाचनमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट वडाअध्यक्षका उम्मेदवार मनीश्वर थारु (मनिष चौधरी) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ ।
उहाँलाई राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणा, पूर्वमन्त्री कल्पना पाण्डे, राप्रपा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, प्रवक्ता शिवचरन केवट, नेता नवाब मुसलमान लगायतले भैरहवामा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्नुभयो ।
त्यस्तै लोसपा जिल्ला सदस्य अमन कान्दु, नेपाली कांग्रेसका क्रियाशिल सदस्य वृजेश नाउ, सदस्य मोतीलाल लोनिया, पूर्ववडाअध्यक्ष हरिहर यादव, लोसपा सदस्य राजकुमार केवट पनि राप्रपामा प्रवेश गर्नुभएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको पार्टीका रुपन्देही जिल्ला सचिव बलराम शर्माले बताउनुभयो ।