रुपन्देही । लोकतान्त्रिक बामगठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले पाँचदलीय गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रका मतदाता आफुप्रति आकर्षित भएको जनाउँदै निर्वाचनमा गठबन्धनका अरु उम्मेदवार पनि विजयी हुने ठोकुवा गर्नुभयो ।
क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाको शान्तिबजार र गैडहवा गाउँपालिकाको साँडी लगायतका क्षेत्रमा शनिवार आयोजित चुनावी सभामा बोल्दै उहाँले मंसिर ४ गतेपछि बन्ने नेपाली कांग्रेस नेतृत्वको सरकारले सुकुम्वासी समस्या समाधान गर्ने बताउनुभयो ।
उहाँले यसअघि सुकुम्वासी समस्या समाधान गर्न आफूले पहल गर्ने बताउँदै आएपनि अब कांग्रेस नेतृत्वको सरकार बनेपछि सुकुम्वासी समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।