रुपन्देही । रुपन्देही क्षेत्र नं १ मा गठबन्धन दलको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले राप्रपाकरण भएको बताउनुभएको छ । नेकपा एमाले जस्तो लोकतान्त्रिक पार्टीलाई केपी ओलीले राप्रपाकरण गरेको उहाँको टिप्पणी छ ।
गठबन्धनले तिलोत्तमा नगरपालिका –७ सेमरा बजारमा राखेको चुनावी कोणसभामा बोल्दै उहाँले कमल थापालाई सुर्य चिन्हमा निर्वाचन लड्न दिएकोप्रति संकेत गर्दै केपीशर्मा ओलीले पार्टीलाई राप्रपाकरण गरेको बताउनुभयो ।
“आजकल मलाई ओलीजीको बिरोध गर्र्यो भन्छन् तर ब्यक्तिगत रुपमा मेरो कुनै दुश्मनी छैन । मैले कुनै कुरा मागेको पनि होइन तर ओलीले दक्षिण एसियाकै लोकतान्त्रिक पार्टी भनिएको एमालेमा बनमारा झार रोप्नुभयो, जसले पार्टी प्रणाली ध्वस्त भयो”, उहाँले भन्नुभयो ।
कार्यक्रममा गठबन्धन दलका तर्फबाट रुपन्देही क्षेत्र नं १ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार अब्दुल रज्जाकले लोकतन्त्रको रक्षाका लागी प्रतिवद्ध रहेको बताउनुभयो ।
क्षेत्र नं १ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार विश्वनाथ यादवले यस क्षेत्रको विकासका लागि आफुले काम गर्ने प्रतिवद्धता जनाउँदै साथ दिन आग्रह गर्नुभयो ।