बुटवल । नेकपा एमाले क्षेत्र नम्बर २ ले बृहत् लुम्बिनी क्षेत्रका पालिकाहरुलाइ समेटेर "बृहत् लुम्बिनी दीर्घकालीन बिकास गुरुयोजना" तयार पार्ने प्रतिबद्धता जनाएको छ ।
नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ को चुनाबी घोषणापत्र सार्बजनिक गर्दै नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा सो क्षेत्रका उम्मेदवार विष्णुप्रसाद पौडेलले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
रुपन्देही सहित कपिलवस्तु र नवलपरासी जिल्लाका सबै पालिकाहरुलाइ समेटेर बृहत् लुम्बिनी दीर्घकालीन बिकास गुरुयोजना बनाउने उहाँको प्रतिबद्धता छ । प्रतिबद्धता पत्रमा पुर्ब बर्दघाट- त्रिबेणिदेखी पश्चिम शिबराजसम्मको क्षेत्रलाई समेटेर शहरी क्षेत्र,औद्योगिक क्षेत्र,कृषि क्षेत्र,बन क्षेत्र लगायतका क्षेत्रहरुमा वर्गीकरण गरि भु उपयोग गर्ने र सोही आधारमा ब्यवस्थित पुर्बाधार निर्माणका लागि गुरुयोजना बनाउने भनिएको छ ।
अहिलेसम्म बनेका ठुला पुर्बाधारका योजनाहरु स्थानीय जनताका मागका आधारमा सन्चालन रहेकोमा अब रास्ट्रीय अन्तरास्ट्रिय बिज्ञहरुको संलग्नतामा ब्यवस्थित मुर्त गुरुयोजना निर्माण गरेर बाकी पुर्बाधार्हरु निर्माण गर्ने नेता पौडेलको प्रतिबद्धता छ ।
नेता पौडेलले आफ्नो प्रतिबद्धता पत्रको पहिलो नम्बरमै एकीकृत बिकास र रुपान्तरणकारी पुर्बाधार सहितको बृहत् लुम्बिनी शीर्षकमा गुरुयोजनाको अबधारणा व्याख्या गरेका छ्न । गुरुयोजना बनाउदा ठुला सडक,अन्तर्राष्ट्रिय बिमानस्थललाई जोड्ने पुर्बाधार,दाउन्ने- शिबराज जोड्ने मेट्रो रेल सहित आवास क्षेत्र,ब्यवसायिक क्षेत्र,औद्योगिक क्षेत्र,बहुतले भवन सहितका शहरहरुको परिकल्पना सहित ब्यवस्थित र नमुना एकीकृत गुरुयोजना निर्माण गर्ने र तीन तहका सरकारहरु मार्फत गुरुयोजना सम्पन्न गर्न लाग्ने प्रतिबद्धतामा उल्लेख छ ।
गुरुयोजनामा लुम्बिनी,तिलौराकोट,रामग्राम,देवदह,सैनामैना लगायतका ऐतिहासिक एबम पुरातात्त्विक बुद्धकालीन सम्पदाहरुको ब्यवस्थित संरक्षण गर्ने उल्लेख गरिएको छ । त्यस्तै लुम्बिनी गुरुयोजना बाहिर स्थानीय सङ्गको सहकार्य र सहमतिमा विश्व शान्तिनगर निर्माण गर्ने उल्लेख गरिएको छ। त्यहा कोरिएन प्रोफेसर क्वाकको नेतृत्वमा लुम्बिनी शान्तिशहरको गुरुयोजना बनिसकेको छ ।
गुरुयोजना अनुसार पहिलो चरणमा बुटवल,तिलोत्तमा,देबदह,सैनामैना लगायतका पालिकाहरुलाइ समेटेर ल्यान्ड्पुलिङ्ग अबधारणा अनुरुप नयाँ शहरहरुको बिकास गरिने उल्लेख गरिएको छ ।
त्यस्तै बृहत् लुम्बिनी क्षेत्र अन्तर्गतका सहरहरुलाइ उच्चस्तरीय एबम आधुनिक सडक सन्जालबाट जोड्ने,सुबिधायुक्त सार्बजनिक यातायात सन्चालन गर्ने,तिनाउ,कन्चन,रोहिणी लगायतका नदीहरुमा तटबन्ध,कोरिडोर,पार्क निर्माण गर्ने,गौतमबुद्ध बिमानस्थललाइ बिस्तार गर्ने लगायतका क्षेत्र बिषय उल्लेख गरिएका छ्न ।